डिजिटल मनोरञ्जन प्लेटफर्म डिजिओले आफ्नो खेलकुद सामग्री विस्तार गर्दै एसियन गेम्स २०२६ अन्तर्गत नेपालको पुरुष क्रिकेट यात्रा तथा 'ला लिगा' २०२६–२७ नेपाली दर्शकमाझ प्रस्तुत गरिरहेको छ।
जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपालले प्रतिस्पर्धा गर्दैछ।
नेपाली दर्शकले राष्ट्रिय टोलीका खेलहरू डिजिओमार्फत डिजिटल रूपमा हेर्न सक्नेछन्।
नेपाल अफगानिस्तान र आयोजक जापानसँग समूह 'ए' मा रहेको छ। नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तानविरुद्ध र सेप्टेम्बर २६ मा जापानविरुद्ध समूह चरणका खेल खेल्नेछ।
एसियन गेम्समा नेपालको सहभागिताले नेपाली क्रिकेट समर्थकलाई अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय टोलीको यात्रा नजिकबाट पछ्याउने अवसर प्रदान गर्ने डिजिओले जनाएको छ।
यसैगरी, डिजिओले नेपाली फुटबल दर्शकका लागि ला लिगा २०२६–२७ पनि उपलब्ध गराएको छ।
स्पेनका प्रमुख क्लबहरू सहभागी हुने ला लिगाका खेलहरू सिजनभर नेपाली दर्शकले पछ्याउन सक्नेछन्।
'ला लिगा' र एसियन गेम्सजस्ता प्रमुख खेलकुद प्रतियोगिता थपिएसँगै डिजिओले आफ्नो खेलकुद सामग्रीलाई निरन्तर विस्तार गर्दै लगेको छ।
कम्पनीका अनुसार नेपाल सहभागी हुने महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता र विश्वस्तरीय खेलकुद सम्पत्तिलाई एउटै डिजिटल माध्यमबाट दर्शकमाझ पुर्याउने रणनीतिअन्तर्गत आगामी दिनमा थप खेलकुद सामग्री समावेश गरिनेछ।
खेल तालिका, प्रसारण समय तथा अन्य जानकारी डिजिओका आधिकारिक डिजिटल माध्यममार्फत उपलब्ध गराइनेछ।