नयाँ वर्षको अवसर पारेर 'नेपाल बुलेट हाउस' को आयोजनामा काठमाडौं-रामेछाप रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल राइडको आयोजना भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउस प्रालिले काठमाडौंदेखि रामेछापको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेको हो।
काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार काठमाडौंस्थित नेपाल बुलेट हाउसको कार्यालयबाट अभिनेता निखिल उप्रेतिले राइडको सफलताको लागि शुभकामनाका साथमा बिदाइ गरेका छन्।
आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए।
‘आन्तरिक पर्यटन प्रवर्द्धन गरौं,’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागिता रहेको कार्कीले बताए।
चैत ३० गते काठमाडौंबाट निस्केको राइडरहरूको टोलीले २०८१ वैशाख १ गते रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकास्थित चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ वनभोजको आयोजना रहेको अध्यक्ष कार्कीले बताए।
नेपालको झन्डासहित निस्केका उनीहरू काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँवे डाँडामा विशेष कार्यक्रममा भाग लिएर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भएर वैशाख २ गते काठमाडौं फर्कने योजना रहेको उनले बताए।
तस्बिरहरू:
![ride-(1)-1712908161.jpg](https://www.setopati.com/uploads/posts/ride-(1)-1712908161.jpg)
![ride-(4)-1712908161.jpg](https://www.setopati.com/uploads/posts/ride-(4)-1712908161.jpg)
![ride-(3)-1712908161.jpg](https://www.setopati.com/uploads/posts/ride-(3)-1712908161.jpg)
![ride-(5)-1712908162.jpg](https://www.setopati.com/uploads/posts/ride-(5)-1712908162.jpg)
![ride-(6)-1712908162.jpg](https://www.setopati.com/uploads/posts/ride-(6)-1712908162.jpg)