Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

निरीह आमा

Nmb
Nmb
रमेश कुमार शर्मा

रमेश कुमार शर्मा

कथा
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

काठमाडौंको बालाजुस्थित नेपालटारको महादेव खोलाको पुलको दक्षिणी किनारातिरको कालोपत्रे सडकको किनारामा लहरै घरहरू बनेका छन्। अबेर रातसम्म यो बाटो भएर आवतजावत गर्ने सवारी साधनहरूको चर्को आवाजले यो बस्ती पनि अबरेसम्म जागै रहन्छन्।

यहाँ बाक्लै पसल र होटल खुलेका छन् भने मानिसहरूको बसोबास पनि बाक्लै छ।

कुनै नयाँ विशेषता भने नबोकेको यो बाटो आवतजावत गर्दा यही लहरमा उभिएको एउटा घरमा खुलेको खाना खुवाउने होटलतिर मेरो ध्यान गयो।

त्यो होटलतिर मेरो ध्यान खिच्ने माध्यम भने सधैं त्यहीँ बसिरहने एउटी सानी लुरी काली कुकुरनी थिइ।

केही खान पाउने आशा ती कुकुरनी होटलकी साहुनीको वरिपरि झुमिन्थी। कुकुरनी ब्याउने रहिछ।

ती अवोध प्राणीले के खाइ होली, कसरी त्यसका पेटका छाउरा हुर्केलान् भन्ने सोचले मलाई त्यता डोर्‍याउन थाल्यो। म बिहान अफिस जाँदा र फर्किंदा त्यसलाई अलिकति बिस्कुट र पाउरोटी दिएर मात्र हिँड्न थालें।

एकदिन मैले उसलाई सधैंभन्दा फरक तरिकाले यताउता भौंतारिएको देखें। पछि मैले बुझें, उसको ब्याउने बेला नजिकिँदै रहेछ, त्यसैले ऊ आश्रयको खोजीमा यताउता भौँतारिएकी रहिछे।

एकदिन उसलाई खानेकुरा लिएर जाँदा होटलकी साहुनीले ऊ बिहानैदेखि कापेको काप्यै छे भनेर सुनाइन्।

प्रसव वेदना शुरू भएछ जस्तो लाग्यो, त्यसलाई सुरक्षित ठाउँको व्यवस्था मिलाउन नसकेर आत्मग्लानी भरिएको मन लिएर म त्यहाँबाट हिँडें।

Ncell
Ncell

आखिरमा राति त्यसले होटलकै एउटा कुनामा पाँच वटा सद्धे र एउटा मरेको छाउरा पाइछ। बिहान भएपछि मानिसहरूले सबै छाउरा खोलाको किनारमा फ्याँकिदिएछन्। बिचरी, ऊ पनि छाउराहरूको प्राण रक्षाका लागि सँगसँगै धूलोमा लुटुपुटु भएर बसेकी रहिछ।

आँखा नउघ्रेका छाउराहरू सुल्केर पानीमा झर्दा रहेछन्, माउ चाहिँ मुखले च्याप्दै माथि समथर ठाउँमा राख्दिरहिछ।

एउटा माथि ल्यायो, अर्को झर्दोरहेछ मानिसको पुस्तौं पुस्तादेखिको इमान्दार साथी कहलिएको यो प्राणी मानिसहरूका बीच जन्मनुमा कसको दोष?

आफूलाई संसारकै सर्वश्रेष्ठ भएको स्व-घोषणा गर्ने मानिसहरू नै एउटा निरिह प्राणीको जन्ममा किन यति क्रुर बनेका होलान्?

यो प्रश्नले मलाई घच्घच्याउन छाडेन र त्यहाँ उपस्थित अरू मानिसहरूसँग सल्लाह गरेर उनीहरूको सहयोगमा खोला किनारमै एउटा छाप्रो बनाइयो।

यसपछिका केही दिन यो अवोध प्राणी र त्यसका कलिला छाउराहरूको जीवनरक्षाका लागि खाना दिने, छाप्रोमा औषधि छर्कने काम मेरो दिनचर्या नै बन्यो।

दुई हप्तासम्म त छाउराहरूको आँखा पनि राम्ररी खुलेको हुँदो रहेनछ। तिनीहरू केवल आमाको दूधको भरमा बाँच्दा रहेछन्।

माउ चाहिँले कुनै पनि बेला खोलामा भेल आउँछ भन्ने भेउ पाएर हो कि पालैपालो गरेर छाउराहरूलाई मुखमा च्याप्दै खोलामाथि उक्लेर घरहरूको सिँढी वा भर्‍याङ जस्ता ठाउँमा छाउराहरू राख्ने प्रयत्न गर्न थाली। तर त्यहाँका बासिन्दा छाउरो फेरि खोलामा नै ल्याएर छाडिदिँए। माउले हार खाइन। जति नै पटक फाले पनि ऊ टिपेर ल्याउथी। अन्तत:स्थानियले नै हार माने।

तर चार दिन नबित्दै उसका दुइटा छाउरा मरे। अर्को दिनदेखि अर्को छाउरो पनि कतै देखिएन।

बाँकी रहेका दुई छाउरा र माउलाई खाना दिन म गइरहेकै थिएँ। छाउराहरू दिनहुँ टाठा हुन थाले।

तर फेरि छाउरा र माउलाई खोरजस्तो बनाएर खोला छेउ नै लगेर राखिदिए। बाहिरै ननिक्लन मिल्नेगरी।

जुन १, २०१९ को दिन शनिबार।

पानी परेकाले म घरमै थिएँ। त्यो दिन करिब चार बजे अचानक मुसलधारे वर्षा सुरू भयो। १५ मिनेटकै असिना पानीले राजधानीका सबै खोलामा ठूलै भेल आयो।

महादेव खोलाको भेलले ती माउ र छाउरालाई सकसमा पो पार्‍यो कि भन्ने आशंकाले म महादेव खोलाको त्यहीँ स्थानमा हतारिँदै पुगें।

मैले केही वरैबाट मानिसहरू लहरै उभिएर खोलातिर तमासा हेरिरहेको देखें।

खोला बढेर छाउराहरू राखेको छाप्रो आधा डुबिसकेको रहेछ। माउ चाहिँ आत्तिएर छाप्रोको छतमा उक्लेकी रहिछ। छउरालाई बचाउन नसक्दा एकदमै असहाय र निरिह बनेर डुब्‍नै लागेको छाप्रोमाथि चढेर त्यहीँ फनफन घुमिरहेकी थिइ।

मैले ती मानिसलाई खोलामा झरुम् तिनीहरूलाई बचाउँनु पर्यो भन्दा ‘हुँदैन, आफैं पनि मरिन्छ’ भनेकाले म पनि त्यो कारूणिक दृष्य टुलुटुलु हेरिरहन बाध्य भएँ।

पानी बढ्दै गयो, माउ चाहिँले छाउराहरूलाई त्यो खोरको छप्पर च्यातेर भए पनि तान्ने अन्तिम प्रयास गरी, तर सकिन।

अघिदेखि छाउराहरूको भित्रबाट आइरहेको तिखो च्या च्या अब सुनिन छाड्यो।

पानीले छाप्रो नै डुबायो र बगाउँदै लग्यो।

केही छिनमा बग्दै गरेको छाप्रो देखिन छाड्यो ।

आफ्ना छाउराको छाप्रो अलप भइसक्दा पनि माउ यता उता बौलाहा जसरी दगुरी रहेकी थिई। ऊ पनि डुब्लि भनेर मैले ‘माथि आउ’ भनेर कराएर बोलाइरहेँ।

उसले बल्ल बल्ल एक पटक यसो हेरी, शायद चिनी क्यारे, जसोतसो खोलाबाट माथि सडकमा आई।

मैले उसलाई खानेकुरा दिएँ, तर पीडामा रहेकी त्यस निरीह प्राणीले खानेकुरा पनि खाइन। म साँझ परेपछि घर फर्कें। त्यो रातभरि छाउराहरूकै खोजीमा यताउता भौँतारिरहेकी थिई।

त्यो घटनापछि भोलिपल्टदेखि पसलको पेटीमा आएर बसेकी त्यो एक्ली माउ तीन दिनसम्म भोकै बसिरही। घरी घरी खोलातिर हेर्दै काप्दै गरेकी त्यसको आँखा चिप्राले ढाकेका थिए, दुब्लाएकी थिई।

उसको सम्पूर्ण ध्यान खोलातिरै थियो। खोला सुसाइरहेको आवाजबीच कतै आफ्ना बच्चाको आवाज नि आउँछ कि! भनि परको आवाजमा कान थापी बस्थी।

त्यो अवोध प्राणीलाई अझै पनि आफ्ना प्यारा छाउरा भेट्छु कि भन्ने लागेको थियो होला।

धेरै दिन बितिसकेपछि पनि उसलाई खाना दिन पुगेको बेलामा देखेँ, उसले पहिले जस्तो उत्साह देखाएर पुच्छर हल्लाउन छाडी सकेकी थिइ।

शायद उसको मनमा ‘मेरा कलिला सन्तानको मृत्युको अपराधी यो पनि त हो’ भन्ने लाग्यो होला। म तिम्रो अपराधी होइन भन्न सक्ने अवस्थामा त म पनि थिइनँ, किनभने मैले पनि उसका छाउराहरूलाई जोगाउन त सकिनँ।

मेरो घरमा पहिल्यैदेखि सडकमा दु:ख पाएका, धेरै बिरामी भएका चार वटा कुकुर भएकाले त्योभन्दा बढी कुकुर लगेर राख्‍ने ठाउँ नै थिएन।

उसलाई मेरो सहयोग खाली बोक्रे खालको मात्र भयो। तर यस्तो दुखान्त घटना फेरि फेरि नदोहोरियोस् भनेर मैले बालाजुको निहारिका स्कूलमा शिविर लागेको बेलामा त्यो माउलाई लगेर बन्ध्याकरण गराइदिएँ।

अब उसले बर्सेनी छाउरा जन्माएर मानिसहरूको व्यवधान सहँदै तिनलाई हुर्काउनुपर्ने र असामयिक मृत्युवरणको शोक खेप्नुपर्ने असह्य पीडाबाट यो जुनि भर मुक्ति पाउने भई।

यो त एउटा प्रतिनिधि घटना मात्रै हो।

हाम्रो रेखदेख गर्ने हजारौं कुकुरहरूको नियति यस्तै त। मन्दिरको गजुर देखियो भने पनि ढोग्ने बानी परेका हामीले त्यहाँ बस्ने ईश्वर के गर्दा खुसी हुन्छन् भन्ने चाहिँ कहिल्यै सोचेनौं।

हामी मानिसको त के कुनै पनि प्राणीको पीडा र मृत्युको कारण नबनौं। सकिन्छ भने आफ्नो आयको थौरै अंश खर्च गरेर भए पनि प्राणीको सेवा गरौं।

महाकविले 'यात्री' कवितामा पनि त यही कुरा भन्नु भएको छ :

मल्हम लगाऊँ आतहरूको चहर्‍याइरहेको घाउ

मानिस भई ईश्वरको यो दिव्य मुहार हसाऊँ

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १५:२५
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP