Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, चैत ३, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

अभागी म!

Nmb
Nmb
सम्झना उप्रेती

सम्झना उप्रेती

जेठ २८
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

अन्तिम दिन एक घन्टा अंगालो मारेर रोयौं दुबै। 

उसका आँसुले मेरो पछ्यौरी भिजेका थिए। अनि मेरा आँसुले उसको छाती!

गल्ती न त उसको न त मेरो, दोष त भावीलाई नै दिन्छु म! 

भाग्यमा लेख्दै नलेखेको मान्छेसँग किन भेट गराइदिएको होला है?

न भेटेको भए आज यो दिन कहाँ आउथ्यो र!

मुटुमाथि ढुंगा राखी हाँसेर छुटियौं हामी।

छुट्ने बेला भन्दै थियो- हेर काली अब मैले कतै बाटोमा तेरो श्रीमानसँग देखें भने कसरी मन थाम्न सक्छु होला! म त मर्छु होला। पागल भएर तँलाई समात्न आएँ भने चिनेको छैन भनि मलाई धकेली दिनु ल? अबको बाँकी जीवन तँबिना कल्पना पनि गर्न सक्दिनँ म। 

पकेटमा भएको रूमाल निकालेर आँसु पुछ्दै मेरो हातबाट उसको हात छुटाएर गयो ऊ।

कहिल्यै नछुट्ने मायाको डोरी बाटेको पनि अब गाँस्नै नमिल्ने गरी छुटाएर गयो ऊ।

Ncell
Ncell

चाहेर पनि जोडिन सकेनौं हामी।

त्यो दिन उसलाई भनिदिएँ- अब तिमीसँग जिन्दगीका कुनै पनि मोडमा भेट्नु नपरोस् भनेर।

तर के गर्नु बाहिर जे/जे भने, गरे पनि मनले कहाँ मान्छ र! 

चार वर्षसम्म बिहान शुभ प्रभातदेखि शुभरात्री हुँदासम्म चार पाँच पटक नबोली कुनै दिन गएन।

भेटेको त गनेर पनि कहाँ सक्नु नि! त्याँ माथि मन मुटुले माया गरेको मान्छे, ऊबिनाको जिन्दगी कसरी बिताउन सक्छु होला जस्तो लाग्थ्यो।

सबै रहर र सपनाहरू पूरा हुने भए त यो संसारमा कोही पनि दुखी हुँदैनथ्यो होला सायद।

जिन्दगी त एक यात्रा रैछ हिँड्दा हिँड्दा कुन मोडतिर जानुपर्ने हो  कसलाई थाहा छ र?

'कैले घाम, कैले छाया तर मन परेकै मान्छेको लाग्छ नि बढी माया!'

यही भन्थ्यो मेरो राम।

हरेक दिनचर्या मलाई नसुनाई बस्न नसक्ने ऊ, अनि उसका ती दिनचर्याको बहाना बनाई बनाई झगडा गर्ने म।

फोनमा रातैभरि कुरा गरेर फकाउने ऊ।

अनि ‘आई हेट यू’ भनि भनि माया गर्ने म।

म रिसाउँदा हाँसी हाँसी बोली दिने ऊ।

रिसाएर नफकाएसम्म बोल्दै नबोल्ने म।

मायाले अंगालोमा बेरेर राख्ने ऊ, अनि घरी घरी सताउन पल्किएकी म।

अबका हाम्रा दिनहरू एकअर्काको यादमा मात्रै बित्दै थिए।

‘बिहेपछि झुक्किएर मेरो नाम भनेर बोलाउलिस् नि काली फेरि मार्ला बुढोले’ भन्दै रून्चे हाँसोमा जिस्क्याउथ्यो मेरो राम।

रोइदिन्थें म। बस्, अरू के गरौं।

मैले मेरा ठानेका उसका अंगालोहरू अब मेरा रहेनन्।

अनि उसले स्वामित्व लिएका मेरा हरेक पलहरू अब उसँग हुने छैनन्।

जब मानिससँग समय थोरै छ भनेर  थाहा पाएपछि को त्यो अन्तिम पल कति पीडादायी र छोटो हुँदो रहेछ भन्ने कुरा त्यही दिन थाहा पाएँ मैले।

डाहा लाग्छ मलाई उसँग जीवन बिताउन आउने जो कोहीदेखि।

यदि मेरो जीवन उसैसँग बिताउन पाएको भए कति सुन्दर हुने थियो होला नि जिन्दगी।

साँच्चि रामजस्तो जीवन साथी पाउन त भाग्यमै लेखेर आउनु पर्छ। यति बुझकी मानिस,नारीलाई सम्मान गर्ने अनि हरेक कुरामा साथ दिने मानिस आजकालको जमानामा कहाँ पाइन्छ र?

म त अभागी हुँ र त उसको  हुन सकिनँ।

उसको र मेरो सम्बन्ध थाहा पाएकै दिन बाबाले मेरो विवाह अर्कैसँग गरिदिने निर्णय लिनु भएको थियो।

माथिल्लो जातको मान्छे थियो मेरो राम त्यही कुरा बाधक बनेको थियो हाम्रो सम्बन्धमा।

मागेर विवाह गर्न तयार नभएको पनि हैन तर दुबै घरबाट आएको अस्वीकार्यता नै हाम्रो विवाहको ठूलो दुष्मन बनिदियो।

यदि एउटा मात्रै परिवार राजी भएको भए पनि हामी विवाह गर्ने थियौं। तर भनिन्छ नि नहुने छ भने जे गरे पनि हुँदै हुँदैन। त्यस्तै भयो। हजारौं उपाय बतायौं दुबै परिवारमा तर कुनै कुराले दुबै परिवार मान्न तयार हुनु भएन्। बरू उल्टै मेरो विवाह अरू कोहीसँग गरिदिने तय गर्नु भयो बाबाले।

हजारौं बहाना थिए रूनलाई हजारौं बाधक बनिदिए जीवनसँगै लैजानलाई। त्यै भएर त मन बाँधेर छुटिन बाध्य भयौं हामी।

पाउनुमात्रै कहाँ हुँदो रहेछ र माया हाँसी हाँसी पाएको माया गुमाउनु पनि त माया रहेछ नि!

उसँग छुटिएको दिनदेखि झन् माया गाढा बनेको छ। उसलाई सम्झिँदा पनि सिरिंग हुन्छु म। अब ऊ मसँग कहिल्यै भेट नहुने कुरा मुटुमा गढेर बस्यो।

आजकाल त रामको यादमा डुबेर कहिले तातो चिया हातमा खनिएको थाहा पाउँदिनँ। कहिले बोल्दाबोल्दै आँसु निस्किएको  पत्तै पाउँदिनँ।

यसरी नै बितेका छन् मेरो रामबिनाका पलहरू।

अब त ऊबिनाका दिनहरू पनि रंग्याउनु छ अरू कसैको खुसीको लागि।

आखिर उसलाई त्यागेको पनि त अरू कसैको खुसीको निमित्त थियो नि। त्यो दुखी होला, त्यो दुखी होला भनेर घर परिवार र दुनियाँ खुसी पार्दापार्दै जिन्दगी पीरको पिँजडामा फसेको पत्तै नहुने रैछ।

कसले बनायो यो ‘तल्लो’ जात र ‘माथिल्लो’ जात।

माया त माया हो नि!

उसलाई काट्दाजस्तो रगत आउँछ मेरो पनि त्यही छ।

मन सबैको रून्छ, पीर, खुसी सबैलाई उस्तै हुन्छ भने कहाँबाट आयो जातपातको कुरा, ठूलो जातलाई बढी दुख्नु पर्ने बढी हुनुपर्ने हैन र? 

यदि सबैलाई उस्तै हुन्छ भने त सबै समान हुनु पर्‍यो नि हैन र?

सबैको खुसी देख्ने म। मेरो खुसीमा किन रमाउँदैनन् आफन्तहरू।

खुसीको उधारो व्यापार गर्दागर्दै सकिने रहेछ जिन्दगी!

आफन्त र परिवारको त्यो अहंकारको निमित्त मेरो मायालाई बलिदान दिएँ मैले, अनि मेरो रामले।

अब त हामी गएका ती बाटोलाई भुलेर नयाँ जीवन जिउनु छ। मरेको मनलाई लिएर खुसीको जल पिउनु छ।

भगवानसँग प्रार्थना गर्छु कि तिमीसँग झुक्किएर पनि कहिल्यै भेट नहोस्।

तिम्रो जीवन सधैं हाँसी, खुसी बितोस्, मेरो भएर पनि हुन नसकेको मेरो राम तिमीलाई  शुभकामना!
 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १८:११
सिफारिस
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
चुरोटभन्दा अझै हानिकारक हुन्छ हुक्का, कसरी?
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
जसले टिकट पाएपछि फोटोमा मसी छ्यापेर गरिएको थियो विरोध
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
महान्यायाधिवक्ताले इजलासमा भनिन्– रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण अभियोग बढी भएकाले हटाउन स्वीकृति दिएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
बालेनको गाउँकी गौरी यादव, भन्छिन्– उहाँको विश्वासले राजनीतिमा आएँ
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
कुरा नमिलेको यति हो!
परदेशी म!
सेवकको शपथ!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP