देशले कोल्टे फेरिसकेछ
हाम्रो घरको धुरीबाट 
झुल्केघामले मलाई एकाबिहानै
स्पर्श गरिसकेछ!
पल्ला घरको सानेले पनि 
घर छोडी गएको 
एक जुनी बितिसकेछ
देशले जनताको लागि 
जनताकै शासन पाएको नि 
एक दशक बितिसकेछ!
यता हेर्छु, उता हेर्छु 
हेर्नुस् न कत्रो परिवर्तन आएछ!
कत्रा-कत्रा बिल्डिङ अनि गाडी
जुँगा मुठे ती मुखियाको अघि मुस्कुराइरहेछ!
सोच्दै गर्दा, कहाँ-कहाँ 
मेरो सपनाको मुहानमा त 
आज अर्कैले धारो बनाई पानी खाइसकेछ!
तर पनि आझ मलाई 
बिहानीको झुल्के घामले 
लोकतन्त्रको सुवास दिइ नै रहेछ!