सडक तातेको बेला
खुट्टाहरूले जुत्ता खोज्छन्
त्यही जुत्ताको आँधीबेरीमा
खुट्टाहरू सदन पुग्छन्
जुत्ताबाट खुट्टा उछिट्टाउनेहरू
प्रतिशोध भन्दै सडक चिच्याइरहेछन्।
प्रतिशोधको नारा लगाउनेहरू
ती आमाका कोखलाई सम्झ
आमाहरूले प्रतिशोध साधे भने?
तिम्रा बाको हालत के होला सोच?
सत्ताबाट सडक कसरी पुग्यौँ?
फेरि यस्तै घमन्डले कहाँ पुछौँ? आफै बुझ!
भयो फर्क घर ती आत्माले शान्ति पाउँछ
समय बित्तेपछि बा’को पनि बुद्धि फिर्छ
प्रतिशोध त त्यो बेला पो थियो
अहिले त सडकले पनि न्याय पाउँछ
घमन्डले खरानी भएका तिम्रो हाम्रो सपना
आशा गर अब यो सरकारले जगाउँछ।
सडक तातेको बेला
खुट्टाहरूले जुत्ता खोज्छन्
त्यही जुत्ताको आँधीबेरीमा
खुट्टाहरू सदन पुग्छन्
जुत्ताबाट खुट्टा उछिट्टाउनेहरू
प्रतिशोध भन्दै सडक चिच्याइरहेछन्।