जिन्दगी पिरै पिरमा छ
किनकि सम्मो बाटो छाडेर यात्रा
खोलाको तिरै तिरमा छ
हिजो ब्राजिल हार्यो
भोलि को हार्ने हो
यो झ्याली मनले
कति बोक्न सकेको तनावको झोला नि
फेरि जितोस् जितोस् लागेको टिम हार्ला
अनि अर्को चिन्ता थपिने त होला नि
अरू एक डेड हप्ता मनभरि पिरै छ
किनकि ध्यान जति विश्वकप तिरै छ
एक टक भएर सोच्छु कहिलेकाहीँ
जुन राम्रो खेल्छन्
त्यसैलाई सपोर्ट गरेर बाँच्न
किन नसकेको होला
जसले जित्छ जसले गोल ठोक्छ
त्यसैको खुसीमा नाच्न
किन नसकेको होला
हरेक कुराको लत हुन्छ, नशा हुन्छ
यो पनि निको नहुने नशा रहेछ
जित्नेलाई वाहीवाही छ
हार्नेलाई दशा रहेछ
हेर त एक दर्जन पिरमाथि
थपिएको आज एउटा अर्को पिरै छ
किनकि यो तन अनि मन
आजभोलि विश्वकप तिरै छ!