गगन थापासँगको बहसको भाग–१ हामीले मंसिर २२ गते सोमबार प्रसारण गरिसकेका छौं। आज भाग–२ प्रसारण गरेका छौं।
जेनजी आन्दोलनपछि हाम्रासामु महत्त्वपूर्ण प्रश्न खडा भएका छन् — के अब लोकतन्त्रमा सुधार आउँछ? राज्यको चरित्र बदलिन्छ? युवा पुस्ताले बलिदानी गरेर खोजेको परिवर्तन आउँछ? कसले ल्याउँछ लोकतन्त्रमा सुधार? नेपालका दलहरू लोकतान्त्रिक छन् कि छैनन्?
यी विषय विश्लेषण गर्न मैले यहाँ सात वटा विषय उठाएको छु।
यीमध्ये चार वटा विषयमा कांग्रेस महामन्त्री थापासँग गरिएको बहस (भाग–१) सोमबार प्रसारण भइसकेको छ। बाँकी तीन विषयको बहस आजको अंकमा प्रसारण गरेका छौं।
यो बहस शृंखलामा मैले थापासँगै, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई निम्त्याएको छु। त्यस्तै जेनजी आन्दोलनको अग्रभागमा रहेका तीन प्रखर युवाहरू रिजन राना, रक्षा बम र उपार्जुन चाम्लिङलाई निम्त्याएको छु।