संवैधानिक परिषद्को आजको बैठकप्रधानन्यायाधीश नियुक्तिबारे निर्णय नगरी सकिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठकले भावी प्रधानन्यायाधीशबारे छलफल गरे पनि सिफारिसको निर्णय गर्न सकेन।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए। अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि उनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सुरू भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए।
वैशाख ४ गते एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो।