वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरेको छ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा संयन्त्र स्थापना गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
संयन्त्रमा चारवटै सुरक्षा निकायका प्रथम श्रेणी वा सो सरहका अधिकृतहरू पनि छन्।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने/गराउने व्यवस्था प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो।
तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ।