उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन्।
‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्ने छौं। मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन। गम्भीर संकटमा नभए पनि केही समस्या देखापरेका छन्। देखा परेका समस्या सरकारले समाधान गर्न नसक्ने छैनन्। अर्थतन्त्रमा देखापरेका समस्या समाधान गर्न सरकारले केही स्टेप चालेको खण्डमा अर्थतन्त्र चलायमान बनाएर लैजान नसक्ने विश्वास रहेको छ। अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्रीलगायत अर्थ मन्त्रालयले राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको छ। सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक छ।’
उनले सरकारले तत्कालीन समस्या समाधानका उपाय खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार आउने बताए।
उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताए।
गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए।
उनले सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताए।
उनले अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताए।
उनले अर्थतन्त्रमा देखापरेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजानसक्ने विश्वास व्यक्त गरे।
गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताए।
उनले अर्थतन्त्र सुधार गर्नका लागि सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताए।