कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा आज पनि तनाव भएको छ।
चैत ५ गते मा विराटनगरमा घाइते भएका उनको चैत १० मा मृत्यु भएको थियो।
सरकारले उनलाई सहिद घोषणा गरेपछि बल्ल आज उनको अन्त्येष्टी हुँदैछ।
अन्त्येष्टी अघि उनको शव विराटनगरमा परिक्रमा गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।
रोडशेषमा ब्यारिकेड तोडे अघि बढ्न खोजेका आन्दाेलनकारीलाई राेक्न प्रहरीले राेक्न खोजेपछि झडप भएको हो। त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार भएको छ।
अहिले पनि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी चलिरहेको छ ।