आज देशका ३ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा अहिले मतदान भइरहेको छ।
साँझ ५ बजे मतदान गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ। मतदान सकिएपछि मतपत्र संकलनको काम हुनेछ। आजै रातिबाट मतगणना सुरू गर्ने तयारी छ।
चितवन-२ को मतगणना भरतपुर-१० स्थित प्रदर्शनी केन्द्रमा हुनेछ। मतगणना हुने ठाउँमा फलामे तारबार गरिएको छ।


