तनहुँ क्षेत्र १को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
आचारसंहिता लागु भइसकेको अवस्थामा पनि मत मागेको भन्दै जिल्लाको आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको हो।
गत बिहीबार भट्टराईले आफ्नो मोबाइल नम्बरबाट भ्वाइस मेसेज पठाएर मत मागेको भन्ने सूचना पाएको थियो। उक्त सूचना पाएपछि समितिले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?,’ भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैं वा प्रतिनिधि मार्फत उपस्थित भएर २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।