तीन वटा क्षेत्रमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धन्यवाद दिएका छन्।
आइतबार साँझ एक वक्तव्य जारी गर्दै उपनिर्वाचन शान्तिपूर्ण, भयरहित वातावरढमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न गरेकोमा सबैलाई धन्यवाद दिएका हुन्.
मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उनको भनाई छ।
नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २मा जितनारायण श्रेष्ठलाई उम्मेदवार उठाएको छ। बारा क्षेत्र नम्बर २मा भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको छ।
