बारा क्षेत्र नं २ को मतगणनाको लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ।
सर्वदलीय बैठक बस्न ढिलो भएपछि मतगणना पनि ढिलो हुने भएको छ।
सर्वदलीय बैठकले मतगणनाको कार्यविधि बनाउने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले बताए।
यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीका कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बिहान ९ वा १० बजेदेखि मतगणना सुरू गर्ने तयारी छ।
मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो ।
यो क्षेत्रमा महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाउँपालिकाका ४४ वडा छन्।