बारा क्षेत्र नं २ को मतगणना सोमबार साढे ९ बजेदेखि हुने भएको छ।
भर्खरै सकिएको सर्वदलीय बैठकले साढे ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।
यो क्षेत्रमा सिके राउत नेतृत्वको जनमत पार्टीका शिवचन्द्र कुशवाहा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरूषोत्तम पौडेल, आम जनता पार्टीका अरूण ज्ञवाली र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। यहाँ सत्ता गठबन्धनले जसपाका यादवलाई सघाएको छ।
बारा-२ मा कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण, देवताल, करैयामाई गाउँपालिका पर्छन्।