बारा क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ।
सोमबार मध्याह्न १२:४० देखि बारा-२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।
सर्वदलीय बैठक सकेर मतगणना सुरू गरेको हो।
बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल, नेकपा एमालेका पुरूषोत्तम पौडेल र आम जनता पार्टीबाट अरूण ज्ञवाली उम्मेदवार छन्।
आइतबार तीन वटा क्षेत्रमा उपनिर्वाचन भएको थियो।
तनहुँ-१बाहेक चितवन-२ र बारा-२ मा मतगणना सुरू भएको थिएन। चितवनमा दिउँसो १ बजेदेखि मतगणना गर्ने तयारी छ।
यता तनहुँमा भने रास्वपाका स्वर्णिम वाग्ले अगाडि छन्।