चितवन-२ मा मतगणना जारी छ।
सोमबार दिउँसोबाट मतगणना सुरू भएको हो। अहिले इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको हो।
मतगणना स्थलबाहिर अहिले भीड लागेको छ। सिमसिम पानी परिरहेको भए पनि मानिसहरू छाता ओढेर बाहिर कुरिरहेका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।
हेर्नुस् तस्बिरहरू: