बारा- २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिएका छन्।
जनमत पार्टीका कुशवाहाले १ हजार १४६ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका जसपाका यादवले १ हजार ११७ मत ल्याएका छन्। त्यस्तै नेकपा (एमाले) का पुरूषोत्तम पौडेलले ५ सय ३८ मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले २ सय ३६ मत ल्याएका छन्।
यसअघि जसपाका यादवले सुरूआती अग्रता लिएका थिए।