बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ सय मतको अग्रता लिएका छन्।
यादवले १ हजार ८ सय ६२ मत ल्याएका छन्। दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १ हजार ६ सय ६१ मत पाएका छन्।
तेस्रोमा रहेका एमालेका पुरूषोत्तम पौडेलले ६ सय २९ मत ल्याएका छन्।
रास्वपाका रमेश खरेलले २ सय ६९ मत ल्याएका छन्।