चितवन क्षेत्र नम्बर २मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ।
इच्छाकामना गाउँपालिकाका सबै वडाको मत गनेर सकेपछि भरतपुर महानगरपालिकाको मत गन्न सुरू गरेको हो।
सुरूमा वडा नम्बर १ र वडा नम्बर २को मत गणना भइरहेको छ। इच्छाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्।
९ हजार ४४४ मत गन्दा लामिछानेले ४ हजार ३५८ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका थिए।
मंसिरमा सबैभन्दा बढी एमालेको ल्याएको थियो। यहाँ एमालेले ३ हजार ६२३ मत पाएको थियो। नेपाली कांग्रेसले ३ हजार २१६ मत पाएको थियो। यस्तै रास्वपाले भने २ हजार ९७५ मत पाएको थियो।
मतगणना जारी छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सुरू भएको हो।