बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले २ हजार ९५७ मतसहित अग्रता कायम राखेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ३०९ मत प्राप्त गरेका छन्।
सुरूआतीदेखि टक्कर रहेकोमा पछिल्लोपटक भने जसपाका यादवले विस्तारै मतान्तर बढाउँदै लगेका छन्।
यस्तै, नेकपा एमालेका पुरूषोत्तम पौडेलले पनि हजार मत कटाएका छन्। उनले एक हजार ४ मत प्राप्त गरेका छन्।