बारा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार जसपाका उपेन्द्र यादवले ३ हजार २१४ मत पाएका छन्। यस्तै उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ८१३ मत प्राप्त गरेका छन्।
यसअघि उपेन्द्रको ३ हजार ७९ मत थियो। कुशवाहाको २५४४ मत थियो। जसअनुसार उनीहरूबीच ५३५ मतान्तर थियो। अहिले भने कुशवाहाले मतान्तर घटाएका छन्। अहिले उनीहरूबीच ४०१ मतान्तर छ।
उनीहरूबीच कडा टक्कर भइरहेको छ।
यस्तै तेस्रो स्थानमा भने नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले एक हजार ३३५ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ६४१ मत पाएका छन्। आम जनता पार्टीका अरूण ज्ञवालीले २६९ मत प्राप्त गरेका छन्।
यहाँ अहिलेसम्म १०५ मत बदर भएको छ। अहिले करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाको मत गणना भइरहेको हो। करैयामाईमा ११ हजार १ सय ५६ मत खसेको छ भने सुवर्णमा ११ हजार ४ सय ६५ मत खसेको निर्वाचन आयोगले जनाएको छ।