राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले १० हजार मत कटाएका छन्।
ताजा मतपरिणाम अनुसार लामिछानेले १० हजार १३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत पाएका छन्।
यसैगरि नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ३ हजार १६८ मतसहित तेस्रो स्थानमा छन्।
रास्वपाका लामिछानेले सुरूआतीदेखि नै अग्रता कायम गरेका छन्। पछिल्लो परिणाम अनुसार उनले निकटतम प्रतिद्वन्द्वीसँग झन्डै ७ हजार मतको मतान्तर बनाएका छन्।