तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको जित सुनिश्चित भएको छ।
अहिलेसम्म ६ वटा मात्रै वडाको मतगणना बाँकी रहँदा वाग्ले र उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईको मतान्तर १२ हजार नाघेको छ। अहिलेसम्म ३६ वटा वडाको मतगणना सकिँदा वाग्लेले १२ हजार १९ मतान्तरले भट्टराईलाई पछि पारेका छन्।
कुल ६३ हजार ७ सय ५७ मत खसेकामा अहिलेसम्म ५३ हजार १ सय २८ मतगणना भइसकेको छ। अब १० हजार ६ सय २९ मत गन्न बाँकी छ।
अहिलेसम्म वाग्लेले २७ हजार ९ सय ८८ मत ल्याएका छन्। हालसम्म गनिएको मतका आधारमा वाग्लेले प्राप्त गरेको मत ५२.६७ प्रतिशत छ।
यहाँ कांग्रेसका गोविन्द भट्टराईले १५ हजार ९ सय ६९ मत ल्याएका छन्। गणना भएको मतमध्ये उनले ३० प्रतिशत मत ल्याएका छन्।
एमाले उम्मेदवार सर्वेन्द्र खनालले कुल गणना भएको मतको १३.८८ प्रतिशत अर्थात् ७ हजार ३ सय ७९ मत ल्याएका छन्।
तनहुँ-१ मा अब व्यास नगरपालिकाका वडा नम्बर ७, ८, ९, १०, ११ र १२ को मतपरिणाम आउन बाँकी छ।
यहाँ रास्वपाका वाग्लेले सुरूआतदेखि नै अग्रता लिएका थिए। मतगणना अन्तिमतिर आइपुग्दा वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्विकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा व्यक्त गरेका छन्। उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन्।
कुन वडामा कसले कति मत पाए?
आँबुखैरेनी गाउँपालिका-
आँबुखैरेनी-१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत पाएका छन्।
आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत पाएका छन्।
आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।
आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।
आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।
आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।
भानु नगरपालिका-
भानु-१ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाए।
भानु-२ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाए।
भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत पाएका छन्।
भानु-४ मा १६७५ मत खसेको थियो। त्यहाँ रास्वपाका वाग्लले ७५९, कांग्रेसका भट्टराईले ४८२ र एमालेका खनालले ३९४ मत पाएका छन्।
भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्।
भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्।
भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र एमालेका खनालले दुई सय ७० मत पाएका छन्।
भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत पाएका छन्।
भानु-९ को १६८८ मतमध्ये स्वर्णिम वाग्लेले ८१४, सर्वेन्द्र खनालले ३८६ र गोविन्द भट्टराईले ४५६ मत पाए।
भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ एमालेका खनालले तीन सय २९ मत पाएका छन्।
भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले १८३ मत पाएका छन्।
भानु-१२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाए।
भानु-१३ मा १४०६ मतमध्ये स्वर्णिम वाग्लेले ७८८, गोविन्द भट्टराईले ४६५ र सर्वेन्द्र खनालले ८४ मत पाए।
देवघाट गाउँपालिका-
देवघाट-१ को ११३८ मतमध्ये स्वर्णिम वाग्लेले २७८, गोविन्द भट्टराईले ३३३ र सर्वेन्द्र खनालले ४९४ मत पाएका छन्।
देवघाट-२ को १०९७ मतमध्ये स्वर्णिम वाग्लेले २०७, गोविन्द भट्टराईले ५८० र सर्वेन्द्र खनालले २८० मत पाएका छन्।
देवघाट-३ को ६४३ मतमध्ये स्वर्णिम वाग्लेले २४९, गोविन्द भट्टराईले ३२२, सर्वेन्द्र खनालले ५४ मत पाएका छन्।
देवघाट- ४ को ६८१ मतमध्ये स्वर्णिम वाग्लेले १६८, गोविन्द भट्टराईले २७२, सर्वेन्द्र खनालले २३० मत पाएका छन्।
देवघाट-५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्टराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाए।
बन्दीपुर गाउँपालिका-
बन्दीपुर-१ को २१२९ मध्ये स्वर्णिम वाग्लेले ११३०, गोविन्द भट्टराईले ६५२ र सर्वेन्द्र खनालले ३१५ मत पाएका छन्।
बन्दीपुर-२ को १४०७ मतमध्ये स्वर्णिम वाग्लेले ५५९, गोविन्द भट्टराईले ५८६ र सर्वेन्द्र खनालले २०१ मत पाएका छन्।
बन्दीपुर-३ को ९४५ मतमध्ये स्वर्णिम वाग्लेले ४०४, गोविन्द भट्टराईले ३९० र सर्वेन्द्र खनालले ११८ मत पाए।
बन्दीपुर-४ को १३१३ मतमध्ये स्वर्णिम वाग्लेले ६९०, गोविन्द भट्टराईले ३९२ र सर्वेन्द्र खनालले २०२ मत पाए।
बन्दीपुर-५ को १२५७ मतमध्ये स्वर्णिम वाग्लेले ६३२, गोविन्द भट्टराईले ३५१ र सर्वेन्द्र खनालले १३१ मत पाए।
बन्दीपुर-६ को १०९५ मतमध्ये स्वर्णिम वाग्लेले ४४०, गोविन्द भट्टराईले ३७० र सर्वेन्द्र खनालले २३१ मत पाए।
व्यास नगरपालिका-
व्यास-१ को २९६७ मतमध्ये स्वर्णिम वाग्लेले १९१७, गोविन्द भट्टराईले ८५० र सर्वेन्द्र खनालले १२६ मत पाए।
व्यास-२ को १७३९ मतमध्ये स्वर्णिम वाग्लेले १०७४, गोविन्द भट्टराईले ५५० र सर्वेन्द्र खनालले ७१ मत पाए।
व्यास-३ को ११०० मतमध्ये स्वर्णिम वाग्लेले ७३५, गोविन्द भट्टराईले २८० र सर्वेन्द्र खनालले ६५ मत पाए।
व्यास-४ को १७३३ मतमध्ये स्वर्णिम वाग्लेले ११५३, गोविन्द भट्टराईले ४२४ र सर्वेन्द्र खनालले १२१ मत पाए।
व्यास- १३ को १९०९ मतमध्ये स्वर्णिम वाग्लेले ११६१, गोविन्द भट्टराईले ५१५ र सर्वेन्द्र खनालले ९० मत पाए।
व्यास-१४ को १२२४ मतमध्ये स्वर्णिम वाग्लेले ५३२, गोविन्द भट्टराईले ५६८ र सर्वेन्द्र खनालले ७७ मत पाए।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभा हलमा दुई ठाउँमा मतगणना जारी छ।