बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ८७४ मतान्तरले पछि पारेका छन्।
पछिल्लो परिणामअनुसार यादवले ४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने कुशवाहाले ३ हजार ८ सय ४३ मत पाएका छन्।
नेकपा एमालेका पुरूषोत्तम पौडेल १ हजार ९ सय ३७ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ७५२ मतसहित चौथो स्थानमा छन्।
आम जनता पार्टीका अरूण ज्ञवालीले ३११ मत पाएका छन्।