चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणामअनुसार लामिछाने १५ हजार ८७४ मतसहित अगाडि छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले नेकपा एमालेका रामप्रसाद न्यौपानेलाई उछिनेका छन्।
यसअघि तेस्रो स्थानमा रहेका श्रेष्ठ अहिले ४ हजार १४५ मतसहित दोस्रो स्थानमा उक्लिएका हुन्।
नेकपा एमालेका न्यौपानेले ३ हजार ९९९ मत पाएका छन्।