तनहुँ-१ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेको मत ३० हजार नाघेको छ।
पछिल्लो परिणामअनुसार उनले ३०२०४ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १७४४० मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १२७६४ छ।
यहाँ वाग्लेको जित सुनिश्चित भइसकेको छ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ७९८८ मत प्राप्त गरेका छन्।
यहाँ रास्वपाका वाग्लेले सुरूआतदेखि नै अग्रता लिएका थिए। मतगणना अन्तिमतिर आइपुग्दा वाग्लेको मतान्तर फराकिलो भएपछि कांग्रेस उम्मेदवार भट्टराईले हार स्विकारेको अभिव्यक्ति आफ्नो फेसबुकमा व्यक्त गरेका छन्। उनले मतदातालाई धन्यवाद दिँदै आफूलाई अब्बल सावित गर्न नसकेको बताएका छन्।