तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्।
हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराएका हुन्।
वाग्लेले ३४ हजार ९ सय १९ मत ल्याउँदा भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।
वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
कुन वडामा कसले कति मत पाए?
आँबुखैरेनी गाउँपालिका-
आँबुखैरेनी-१ मा १४५८ मत खसेकामा रास्वपाका वाग्लेले १०६५, कांग्रेसका भट्टराईले २६५ र एमालेका खनालले ५४ मत पाएका छन्।
आँबुखैरेनी–२ मा १३९२ मत खसेकामा रास्वपाका वाग्लेले ८८१, कांग्रेसका भट्टराईले ३३६ र एमालेका खनालले १०८ मत पाएका छन्।
आँबुखैरेनी-३ को २१७३ मतमध्ये वाग्ले एक्लैले १५१५ मत पाएका छन् भने भट्टराईले ४०१ र खनालले १९१ मत ल्याएका छन्।
आँबुखैरेनी-४ को ६९४ मतमध्ये वाग्लेले ३३२, भट्टराईले २३७ र खनालले ८५ मत पाएका छन्।
आँबुखैरेनी-५ मा ५७० मतमध्ये वाग्लेले ३७१, भट्टराईले १४९ र खनालले २८ मत पाएका छन्।
आँबुखैरेनी-६ को ७०४ मतमध्ये वाग्लेले २८१, भट्टराईले २५९ र खनालले १३० मत पाएका छन्।
भानु नगरपालिका-
भानु-१ को १६७६ मतमध्ये स्वर्णिम वाग्लेले १०४४, गोविन्द भट्टराई ३८९ मत पाए र सर्वेन्द्र खनालले १७५ मत पाए।
भानु-२ को १४१४ मतमध्ये स्वर्णिम वाग्लेले ८२३, गोविन्द भट्टराई ३८९ र सर्वेन्द्र खनालले १६३ मत पाए।
भानु–३ मा १५७४ मत खसेकामा रास्वपाका वाग्लेले ७१६, कांग्रेसका भट्टराईले ४१८ र एमालेका खनालले ३५१ मत पाएका छन्।
भानु-४ मा १६७५ मत खसेकोमा वाग्लले ७५९, भट्टराईले ४८२ र खनालले ३९४ मत पाएका छन्।
भानु-५ को १५८४ मतमध्ये वाग्लेले ७७६, भट्टराईले ५३१ र खनालले २३७ मत पाएका छन्।
भानु-६ को १४६२ मतमध्ये वाग्लेले ६८४, भट्टराईले ५४९, खनालले १७७ म पाएका छन्।
भानु–७ मा १२८१ मत खसेकामा वाग्लेले ६५५, भट्टराईले ३१२ र खनालले २७० मत पाएका छन्।
भानु–८ मा १७९४ मत खसेकामा वाग्लेले ८५६, भट्टराईले ४५८ र खनालले ४३७ मत पाएका छन्।
भानु-९ को १६८८ मतमध्ये स्वर्णिम वाग्लेले ८१४, सर्वेन्द्र खनालले ३८६ र गोविन्द भट्टराईले ४५६ मत पाए।
भानु–१० मा १७५८ मत खसेकामा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाएका छन्।
भानु-११ को २०१४ मतमध्ये वाग्लेले १२०२,भट्टराईले ५९३ र खनालले १८३ मत पाएका छन्।
भानु-१२ को १६८७ मतमध्ये स्वर्णिम वाग्लेले ८६०, गोविन्द भट्टराईले ५८८ र सर्वेन्द्र खनालले १८७ मत पाए।
भानु-१३ मा १४०६ मतमध्ये स्वर्णिम वाग्लेले ७८८, गोविन्द भट्टराईले ४६५ र सर्वेन्द्र खनालले ८४ मत पाए।
देवघाट गाउँपालिका-
देवघाट-१ को ११३८ मतमध्ये स्वर्णिम वाग्लेले २७८, गोविन्द भट्टराईले ३३३ र सर्वेन्द्र खनालले ४९४ मत पाएका छन्।
देवघाट-२ को १०९७ मतमध्ये स्वर्णिम वाग्लेले २०७, गोविन्द भट्टराईले ५८० र सर्वेन्द्र खनालले २८० मत पाएका छन्।
देवघाट-३ को ६४३ मतमध्ये स्वर्णिम वाग्लेले २४९, गोविन्द भट्टराईले ३२२, सर्वेन्द्र खनालले ५४ मत पाएका छन्।
देवघाट- ४ को ६८१ मतमध्ये स्वर्णिम वाग्लेले १६८, गोविन्द भट्टराईले २७२, सर्वेन्द्र खनालले २३० मत पाएका छन्।
देवघाट-५ को २७५८ मतमध्ये स्वर्णिम वाग्लेले १३८६, गोविन्द भट्टराई ६९५ र सर्वेन्द्र खनालले ६०५ मत पाए।
बन्दीपुर गाउँपालिका-
बन्दीपुर-१ को २१२९ मध्ये स्वर्णिम वाग्लेले ११३०, गोविन्द भट्टराईले ६५२ र सर्वेन्द्र खनालले ३१५ मत पाएका छन्।
बन्दीपुर-२ को १४०७ मतमध्ये स्वर्णिम वाग्लेले ५५९, गोविन्द भट्टराईले ५८६ र सर्वेन्द्र खनालले २०१ मत पाएका छन्।
बन्दीपुर-३ को ९४५ मतमध्ये स्वर्णिम वाग्लेले ४०४, गोविन्द भट्टराईले ३९० र सर्वेन्द्र खनालले ११८ मत पाए।
बन्दीपुर-४ को १३१३ मतमध्ये स्वर्णिम वाग्लेले ६९०, गोविन्द भट्टराईले ३९२ र सर्वेन्द्र खनालले २०२ मत पाए।
बन्दीपुर-५ को १२५७ मतमध्ये स्वर्णिम वाग्लेले ६३२, गोविन्द भट्टराईले ३५१ र सर्वेन्द्र खनालले १३१ मत पाए।
बन्दीपुर-६ को १०९५ मतमध्ये स्वर्णिम वाग्लेले ४४०, गोविन्द भट्टराईले ३७० र सर्वेन्द्र खनालले २३१ मत पाए।
व्यास नगरपालिका-
व्यास-१ को २९६७ मतमध्ये स्वर्णिम वाग्लेले १९१७, गोविन्द भट्टराईले ८५० र सर्वेन्द्र खनालले १२६ मत पाए।
व्यास-२ को १७३९ मतमध्ये स्वर्णिम वाग्लेले १०७४, गोविन्द भट्टराईले ५५० र सर्वेन्द्र खनालले ७१ मत पाए।
व्यास-३ को ११०० मतमध्ये स्वर्णिम वाग्लेले ७३५, गोविन्द भट्टराईले २८० र सर्वेन्द्र खनालले ६५ मत पाए।
व्यास-४ को १७३३ मतमध्ये स्वर्णिम वाग्लेले ११५३, गोविन्द भट्टराईले ४२४ र सर्वेन्द्र खनालले १२१ मत पाए।
व्यास-७ को १४४१ मतमध्ये स्वर्णिम वाग्लेले ८१५, गोविन्द भट्टराईले ३९७ र सर्वेन्द्र खनालले १९७ मत पाए।
व्यास-८ को १०९६ मतमध्ये स्वर्णिम वाग्लेले ४३७, गोविन्द भट्टराईले ४७० र सर्वेन्द्र खनालले १२० मत पाए।
व्यास-९ को १६७५ मतमध्ये स्वर्णिम वाग्लेले १००८, गोविन्द भट्टराईले ५२८ र सर्वेन्द्र खनालले ७४ मत पाए।
व्यास-१० को २९२८ मतमध्ये स्वर्णिम वाग्लेले १८०५, गोविन्द भट्टराईले ८०८ र सर्वेन्द्र खनालले २२७ मत पाए।
व्यास-११ को ३११५ मतमध्ये स्वर्णिम वाग्लेले १४६३, गोविन्द भट्टराईले १३११ र सर्वेन्द्र खनालले २७७ मत पाए।
व्यास-१२ को १९०९ मतमध्ये स्वर्णिम वाग्लेले ९६४, गोविन्द भट्टराईले ५९४ र सर्वेन्द्र खनालले २९२ मत पाए।
व्यास- १३ को १९०९ मतमध्ये स्वर्णिम वाग्लेले ११६१, गोविन्द भट्टराईले ५१५ र सर्वेन्द्र खनालले ९० मत पाए।
व्यास-१४ को १२२४ मतमध्ये स्वर्णिम वाग्लेले ५३२, गोविन्द भट्टराईले ५६८ र सर्वेन्द्र खनालले ७७ मत पाए।