चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई १८ हजार ८ सय मतको फराकिलो अन्तरले पछाडि पारेका छन्।
पछिल्लो मतपरिणामअनुसार लामिछानेले २४ हजार १ सय ३६ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ५ हजार ३ सय २१ मत ल्याएका छन्।
तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ४ हजार ७ सय ७२ मत पाएका छन्।