बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो अग्रता अझै बढाएका छन्।
प्राप्त पछिल्लो मत परिणामअनुसार जसपाका यादवले १० हजार ३ सय २७ मत ल्याएका छन्। दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहा ३ हजार ५ सयभन्दा बढी मतले पछाडि परेका छन्। उनले ६ हजार ८ सय १२ मत पाएका छन्।
तेस्रोमा रहेका एमालेका पुरूषोत्तम पौडेलले ४ हजार १ सय १ मत ल्याएका छन्। चौथोमा रहेका रास्वपाका रमेश खरेलले १ हजार ८ सय ७० मत पाएका छन्।