बारा निर्वाचन क्षेत्र नम्बर २ मा दुई वटा कोठामा मतगणना सुरू भएको छ।
एउटै कोठामा मात्र गणना गर्दा मतगणनामा धेरै समय लाग्ने भएपछि दुई वटा कोठामा मत गन्न सुरू गरिएको सहायक निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए।
उनका अनुसार हालसम्म करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र कोल्हवी नगरपालिकाको मत गणना सम्पन्न भइसकेको छ। कुल खसेको ६८ हजार ८८७ मतमध्ये ३१ हजार ९९९ मत गणना भैसकेको छ।
हालसम्मको गणनामा ३१ हजार ५६३ मत सदर भएको छ भने ४३६ मत बदर भएको छ।
महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाको मत गन्ती सुरू गरिएको सहायक निर्वाचन अधिकृत जोशीले बताए।
महागढीमाई नगरपालिकामा २१ हजार ६७६ मत खसेको छ भने देवताल गाउँपालिकामा ९ हजार ४१० मत खसेको हो। हालसम्मको मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
यादवले १३ हजार ८०४ मत पाउँदा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार २३१ मत पाएका छन्।
त्यसैगरी एमालेका पुरूषोत्तम पौडेलले ४५७७ र राष्टिय स्वतन्त्र पार्टीका रमेश खरलेले २०३१ मत पाएका हुन्।