नेपाली कांग्रेसका सांसद धनराज गुरूङले बाँदर निर्यात गर्न सरकारसँग माग गरेका छन्।
श्रीलङ्काको उदाहरण दिँदै उनले बाँदर निर्यात गर्न सकिने बताए।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस उपसभापतिसमेत रहेका गुरूङले भने, ‘हाम्रा गाउँ-गाउँमा बाँदर आतंक छ। किसानले लगाएको बाली टिप्ने बेला बाँदरको हुलले लैजान्छ। हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला?’
उनले बाँदर आतंक अन्त्य गर्नुपर्ने बताए। ‘बाँदर निर्यात गर्दा ठिकै हुन्छजस्तो मलाई लाग्छ,’ उनले भने।
भिडिओ: