बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार उपेन्द्र यादवले अग्रता कायमै राखेका हुन्। यता उनका प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाउँदै लगेका छन्।
यसअघि उपेन्द्र यादव कुशवाहाभन्दा ३ हजार ३५० मतले अघि थिए।
अहिले उनीहरूबीच ३ हजार ४१ मतान्तर छ।
साँझ साढे ६ बजेसम्म यादवले १९ हजार ९७८ मत पाउँदा कुशवाहाले १६ हजार ९३७ मत पाएका छन्।
तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेल छन्। उनले ५ हजार ७९६ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३७० मत र आम जनता पार्टीका उम्मेदवार अरूण ज्ञवालीले २ हजार ७६ मत पाएका हुन्।