गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शुक्रबार उनलाई पद तथा गोपनियताका शपथ खुवाएका हुन्।
सपथ लिएलगत्तै मुख्यमन्त्री पाण्डेले २ मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेसकी सांसद सरस्वती अर्याल तिवारी र माओवादी सांसद सुशीला सिम्खडालाई उनले मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको जिम्मेवारी भने तोकिएको छैन।
पाण्डे संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई माओवादी केन्द्र र मनाङबाट निर्विरोध निर्वाचित भएर नेकपा (एकिकृत समाजवादी) प्रवेश गरेका दीपक मनाङेको समर्थन छ।