नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अयोग्य लडाकूलाई पैसा दिने सरकारको निर्णयबारे सदनलाई जानकारी गराउन माग गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले सरकारले अयोग्य लडाकूलाई प्रतिव्यक्ति दुई लाख दिने निर्णय गरेको विषय विभिन्न माध्यमबाट आफूले सुनेको बताए।
देशको संकटग्रस्त आर्थिक अवस्थाका बाबजुद अपारदर्शी ढंगले छलेर त्यस्ता निर्णय गर्नु स्वभाविक नरहेको उनले बताए। ‘यो विषयमा के भएको हो यथार्थ जानकारी सदनलाई गराइयोस्,’ उनले भने।
आजको बैठकमा एमालेले पनि अयोग्य लडाकूलाई पैसा दिने सरकारको निर्णय खारेजीको माग गरेको थियो।