प्रतिनिधि सभाको बैठक ८ बजेका लागि सरेको छ।
साँझ ५ बजेर १० मिनेटमा आधा घण्टाका लागि स्थगित भएको बैठक ८ बजेका लागि तय भएको हो।
संघीय संसदका महासचिव भरत गौतमले सूचनामार्फत् विशेष कारणबस बैठक सरेको जनाएका हुन्।
प्रतिनिधि सभाको आजको बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्नुपर्ने विषयमा विवाद भएको थियो।
सत्तापक्षका सांसदहरूले कोइरीले आफू अस्वस्थ भएको भनि पठाएको पत्रलाई सभाले सहमति जनाएको भनि सभामुखले गरेको घोषणा सच्याउन माग गर्दै बैठकमा अवरोध गरेका थिए।
अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
बैठक ८ बजेका लागि स्थगित भए पनि फेरि पनि बस्ने/नबस्ने स्पष्ट छैन।