आगामी शनिबार हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्।
राज्याभिषेकमा सहभागी हुन आफू आउने बिहीबार बेलायत जान लागेको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।
‘राज्याभिषेकमा केही औपचारिक कार्यक्रमहरू छन्। म ती कार्यक्रममा सहभागी हुन्छु,’ साउँदले भने।
महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि चार्ल्स बेलायतका राजा बनेका हुन्।