नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राज्यले शिक्षाको उद्देश्य तय गर्न नसकेको बताएका छन्।
संघीय शिक्षा ऐन ल्याउने भने पनि ढिलाइ भइरहेको उनको भनाइ छ।
उच्च शिक्षा र वैदेशिक शिक्षाका अवस्थाबारे आइतबार भएको अन्तर्क्रियामा बोल्दै सांसदसमेत रहेका पौडेलले भने, ‘नेपालमा शिक्षाको उद्देश्य प्रष्ट छैन। संघीय शिक्षा ऐनले पनि शिक्षाको उद्देश्य प्रष्ट पार्न सक्दैन।’
राज्यले क्याम्पसहरूलाई सम्बन्धन दिने काम मात्रै गरिरहेको उनले बताए। ‘राज्यको काम सम्बन्धन दिने मात्रै छ। त्यसलाई व्यवस्थित ढंगबाट चलाउनेतिर सोचेको छैन,’ उनले भने।
उनले निजी क्षेत्रले सञ्चालन गरेका शैक्षिक संस्थामा पनि शिक्षा खस्कँदै गइरहेको बताए।