नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह ४:३० बजेदेखि बैठक जारी छ।
सभापति देउवासहित पार्टीका अधिकांश पदाधिकारी बैठकमा सहभागी छन्।
सरकारमा थप मन्त्री पठाउने, भ्रातृ संस्थाका अधिवेशनजस्ता पार्टीका आन्तरिक विषयहरू, उपनिर्वाचन समीक्षालगायत विषयमा छलफल जारी रहेको एक पदाधिकारीले जानकारी दिए।
कांग्रेसभित्र केन्द्रीय समिति बैठक बोलाउन पनि देउवामाथि दवाव छ। साथै नीति अधिवेशन गर्नुपर्ने विषय पनि उठेका छन्।
कांग्रेसले ८ मन्त्रालय पाए पनि अहिलेसम्म ५ जना मन्त्री मात्रै सरकारमा पठाएको छ।