नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त भएका छन्।
पार्टी उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिन्धुलीका आचार्यलाई नियुक्त गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्यलाई नियुक्त गरेका हुन्।
आचार्य यसअघि कांग्रेस प्रचार विभागमा रहेर काम गरेका थिए। साथै उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पनि हुन्।