लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्।
मंगलबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।
लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन्। यीमध्ये ५३ जना सांसदले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत दिएका छन्। नेपाली कांग्रेस संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री चौधरीलाई कांग्रेससहित ८ दलका सांसदले विश्वासको मत दिएका हुन्।
विपक्षमा जम्मा २९ मत आएको सभामुखले जनाएका छन्। नेकपा एमालेका सांसदहरूले विपक्षमा मत दिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना सांसद भने तटस्थ बसेका छन्।