राष्ट्रिय स्वतन्त्र पार्टीले एसिया कपका समूह चरणका खेल नेपालमा खेलाउन उपयुक्त भएकाले त्यसका लागि पहल थाल्नुपर्ने बताएको छ।
मंगलबार एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराएर नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ।
एसिया कपमा छनौट भएको नेपाललाई बधाई दिँदै रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति निकालेका छन्।
उनले विज्ञप्तिमा भनेका छन्- खेलाडीहरूको आजको प्रदर्शनले नेपालको प्रतिष्ठा बढाएको छ। यसैबीच एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन उपयुक्त भएकाले नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र एसिसीसँग आजैदेखि पहल थालियोस्। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल गरी पहल गरियोस्।