नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले तत्काल कार्यशैली सुधार गरेर जानुपर्ने बताएका छन्।
उनले नीति अधिवेशन गर्नुपर्ने पनि बताए।
‘बदलिएको परिस्थितिमा कसरी पार्टी अघि बढ्नुपर्छ भनेर गम्भीर समीक्षा गर्नुपर्छ,’ मंगलबार रामेछापमा आयोजित कार्यक्रममा सिंहले भने, ‘परम्परागत प्रचार र पार्टी निर्माण शैलीले भएन।’
उनले नयाँ पुस्तालाई समेटेर अघि बढ्नुपर्ने पनि बताए।
‘युवाका भावना र चाहना समेटेर अघि बढ्नुपर्छ,’ सिंहले भने, ‘पार्टीमा दु:ख गरेकाहरूलाई पनि सँगसँगै लैजानुपर्छ।’
समयको मागअनुसार कांग्रेस रूपान्तरण हुनुपर्ने सिंह बताउँछन्।