कोशी प्रदेशको सत्तारूढ दल नेकपा एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन्।
संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन्।
इलाम क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित मगर प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने प्रस्तावका प्रस्तावकसमेत हुन्। फागुन १७ मा नामकरण भएपछि प्रदेशमा तनावको अवस्था छ। उनी अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्र जान सकेका छैनन्।
यस्तै भोजपुरबाट समानुपातिकबाट सांसद बनेकी सिर्जना राई सचेतकमा नियुक्त भएकी छन्।
यस्तै, सचेतकमा सृजना राई मनोनीत भएकी छिन्। उनीहरू दुबै जनालाई मुख्यमन्त्री कार्कीले बुधबार मनोनीत गरेका हुन्।
एमाले प्रमुख सचेतकमा रेवतीरमण भण्डारी यसअघि नै नियुक्त भइसकेका छन्।