नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।
उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।
‘हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ,’ आज चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुन सक्ने सम्भावना रहेको उनले बताए।
‘अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ,’ उनले भने।
उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उनले बताए।
अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको उनले बताए। कांग्रेसले सरकारमा ८ जना मन्त्री पठाउँदा सभापति शेरबहादुर देउवाले ६ जना सिफारिस गरेका थिए भने संस्थापनइतर समूहले २ जनाको नाम दिएको थियो।