राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू सभापति रवि लामिछाने पक्राउ परेको २२ दिन बितिसक्दा पनि पार्टीले ठोस निर्णय नलिएको भन्दै दबाब दिन चःमतिस्थित केन्द्रीय कार्यालय पुगेका छन्।
शनिबार केन्द्रीय समिति बैठकअघि पुगेका समर्थकहरूले सभापति पक्राउ पर्दा पार्टीका अन्य शीर्षस्थ नेताहरूको भूमिकाप्रति असन्तुष्ट जनाउँदै ठोस निर्णय आग्रह गरेका हुन्।
उनीहरूले पार्टी कार्यालयभित्रै प्लाकार्ड प्रदर्शनसमेत गरेका थिए।
'रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ', 'आँटिला नेतालाई सलाम छ', 'डराउनेलाई आँट दिन्छौं', 'आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस्', कि संकटमा पार्टी सम्हाल कि ठाउँ छाड', 'रविको नाममा सांसद र नेता भएकाहरु रविलाई संकट पर्दा पछि हट्नु धोखा हो', 'निर्णायक आन्दोलनको विकल्प छैन', 'पार्टी एकता देशको आवश्यकता', 'सबै हाम्रा नेता हौँ नेताजस्तै बन', 'कि भन रवि दोषी हो की लड उसका लागि' भन्ने नारासहितको प्लेकार्ड प्रदर्शन गरेका छन्।
सहकारी ठगी र संगठित अपराधको आरोपमा लामिछाने कास्की प्रहरीको हिरासतमा छन्। उनी कात्तिक २ गते पक्राउ परेका थिए।
-ink-1731143512.jpeg)
-ink-1731143512.jpeg)
-ink-1731143512.jpeg)
-ink-1731143512.jpeg)
-ink-1731143511.jpeg)
-ink-1731143511.jpeg)
-ink-1731143511.jpeg)
-ink-1731143511.jpeg)
-ink-1731143510.jpeg)
-ink-1731143510.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।