नेपाली कांग्रेसले अदालतमा मुद्दा रहेका ४ जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण रोक्ने भएको छ।
१५ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ तत्काल नगराउने तयारी रहेको एक पदाधिकारीले सेतोपाटीलाई जानकारी दिए।
सभापति गगन थापाले शपथ लिइसकेका छन्। बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ भने आज हुने तय छ। यी ४ जना केन्द्रीय सदस्यहरूले भने आज शपथ लिन पाउने छैनन्।
उनीहरूको पदलाई होल्डमा राख्ने तयारी भएको ती पदाधिकारीले सेतोपाटीलाई बताए।