नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्थायी कमिटी बैठक बसिरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकका लागि दुई एजेन्डा तय भएको छ।
प्रवक्ता खतिवडाका अनुसार पार्टीको आगामी कार्ययोजना र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल बैठक बोलाइएको हो।
बैठकमा शनिबार १८ सदस्यहरूले धारणा राख्ने तय भएको छ।
अध्यक्ष, वरिष्ठ नेता र महासचिवहरूले धारणा राख्न बाँकी छ। अरू पदाधिकारीहरूले भने धारणा राखिसकेका छन्।
पार्टी नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरुमा विजय प्राप्त गर्न राजनीतिक चुनौतीहरूको सामना गर्ने विषयमा व्यापक छलफल भइरहेको प्रवक्ता खतिवडाले जानकारी दिए।
बैठक भोलिसम्म चल्नेछ।